add post
  • Terai Nepal
  • २०७७ बैशाख १५ गते, सोमबार १३:३४ मा प्रकाशित

सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु

सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु  भएको छ । धनगढीमाई नगरपालिका–३ मेदनी पुलस्थित सडकमा स१च १४९१ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा गोलबजार नगरपालिका–१२ हरिपुर बस्‍ने ४० वर्षीया पदलयात्री दुलारीकुमारी सदायको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी सदायको कामना नर्सिङ होम लहानमा उपचारका क्रममा मृत्यु भएको हो । फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।