add post
  • Terai Nepal
  • २०७७ बैशाख १४ गते, आईतवार १५:१० मा प्रकाशित

मन्त्रिपरिषद् बैठक सर्यो, अब साँझ ५ बजे बस्ने

लक डाउन अवधि थप्ने–नथप्ने बारे निर्णय गर्न आइतबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यसअघि २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अब ५ बजे बस्ने भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि जारी लक डाउन अवधि सोमबार राति १२ बजेबाट सकिंदैछ । बैठकले लक डाउन लम्ब्याउने वा अन्त्य गर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।
शनिबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा लक डाउनका बारेमा छलफल भएको थियो । यता, यही समिति अन्तर्गत रहेको मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले १ हप्ता लक डाउन थप्न सिफारिस गरेको छ । सोही आधारमा सरकारले बढाउने निर्णय गर्न सक्ने सम्भावना रहेको स्रोतहरुको भनाई छ ।

संक्रमणको अवस्था हेरेर केही ठाउँमा क्रमशः खुकुलो पार्दै जान सक्ने सुझाव पनि कार्यदलले दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तराष्ट्रिय उडानहरु भ्ने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।