सिरहामा स्वाब सङ्कलन कार्यमा तीव्रता
छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाका विभिन्न छ स्थानीय तहमा स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।
स्वास्थ्यकर्मीसहितको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको हो ।
स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन शनिबार मात्रै लहान नगरपालिकामा ६९, गोलबजार नगरपालिकामा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० गरी २४३ जनाको स्वाब सङ्कलन गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिए ।
गोलबजार नगरपालिकाको ६४ मध्ये १० जना धनगढीमाई नगरपालिकाका रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले जानकारी दिए । सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकामा आज स्वाब सङ्कलन गरिने जनाइएको छ ।
नेपाली सेना, मेडिकल ल्याब एशोसिएशन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहामा उच्च सतर्कता अपनाउँदै पिसीआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब सङ्कलन शुरु गरिएको प्रजिअ गुरागाईँले बताए ।
सङ्कलित स्वाबको नमूना परीक्षणका लागि एम्बुलेन्सबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँ पठाइएको प्रजिअ गुरागाईँले बताए ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४