add post
  • Terai Nepal
  • २०७७ बैशाख १४ गते, आईतवार ०९:४८ मा प्रकाशित

२ बजे मन्त्रीपरिषद बैठक बस्दै, मोडालिटी र लकडाउन थप गर्नेबारे निर्णय हुनसक्ने

मन्त्रीपरिषदको वैठक आज अपरान्ह दुई बजे बस्ने भएको छ।वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले सेतोपाटीलाई दिएको छ।श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।

हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो।त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो।सरकारले पछिल्लो पटक थपेको म्याद सोमबार सकिदैंछ।