add post
  • Terai Nepal
  • २०७७ बैशाख १३ गते, शनिबार १३:२३ मा प्रकाशित

लकडाउनमा काठमाडौंबाट उदयपुर जांदै गरेको बस दुर्घटना एक जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

बा ३ ख ४०३६ नम्बरको बस हिजो राति काठमाडौंबाट उदयपुर जांदै थियो ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३५ जनालाई जिल्ला लैजाने व्यवस्था गरेको थियो । बसका चालक फरार भएको प्रहरीले जनाएको छ ।