तीन दिनकाे माैसम : अझै धेरै पानी पर्ने सम्भावना
काठमाण्डाै – शुक्रबार (आज) शनिबार र आइतबार आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने उहाँको अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।
यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ । आजको भन्दा शनिबार कम हावाहुरी चले पनि आइतबारसम्म नै देशका धेरै ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४