add post
  • Terai Nepal
  • २०७७ बैशाख ११ गते, बिहीबार २१:४९ मा प्रकाशित

बबई गाउँपालिका वडासचिवले गरे अत्महत्या

बैशाख ११  दाङ । बबई गाउँपालिका वडा नं १ गंगटे दाङका वडा सचिव हरिप्रशाद पन्थीले आत्महत्या गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले पन्थीले बिहीबार बिहान ८ बजेतिर वडा कार्यालयभित्रै आत्महत्या गरेको भन्ने खबर आएको जानकारी दिए ।

३६ वर्षीय पन्थी कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं ४ का बासिन्दा हुन् । उनले दुई महिना अगाडि मात्रै वडा सचिवमा नाम निकालेको भन्ने खुलेको छ । सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोस्टिङ भएको र उनी वडा कार्यालयमै बस्दै आएको भन्ने खुल्न आएको प्रजिअ रिजालले जानकारी दिए ।

दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले वडा सचिव पन्थी बिहीबार बिहान ८ बजेतिर वडा कार्यालय भित्रै झुण्डिएको अवस्थामा फेला परेका भए पनि प्रहरीलाई भने बिहान दस बजेतिर मात्रै खबर मिलेको जानकारी दिए । खबर आए लगतै प्रहरीलाई घटनास्थल तर्फ पठाएको उनले बताए ।

गंगटे जिल्लाकै विकट भूमि हो । त्यहाँ नेपाल टेलिकमको सिम लाग्दैन । त्यही भएर गएको प्रहरी टोलीसँग अहिले सम्म सम्पर्क हुन नसकेको भट्टराईले जानकारी दिए । प्रहरी घटनास्थलबाट फर्केपछि मात्रै घटनाबारे थप भन्न सकिने उनले बताए ।