डिस्चार्ज गरिएका किशोरमा कोरोना संक्रमण
बैशाख ११ – स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि गर्यो। तर, ति किशोर कहाँ छन्? भन्ने विषयमा अन्यौल सिर्जना भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालका डाक्टरहरू यसबारे अनभिज्ञ छन्।
प्रदेश-२ स्वास्थ निर्देशनालयका डाक्टर विजय झाले कोरोना संक्रमणको पुष्टि भएको ति युवक जनकपुरको नभई सर्लाहीको रहेको बताए। उनले ति युवक अहिले कहाँ उपचाररत रहेको विषयमा केही बताएनन्। उनले भने, ‘अहिले सबैकुरा भन्न सक्दिन। म बुझ्दैछु।’
यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना संक्रमणको पुष्टि भएका किशोर सर्लाही धनकोल गाउँपालिकाको रहेको बताए। ‘यसअघि उनको रिपोर्ट नेगेटिभ आएको थियो’, उनले नेपालन्यूजसँग भने, ‘आज फेरि पोजेटिभ रिपोर्ट आएको थाहा पाएँ। मलाई आश्चर्य लागेको छ।’
उनले ति किशोरको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा पठाउने तयारीमा जुटेको पनि बताए। उनले आफू व्यस्त भएको भन्दै उनको ट्राभल हिस्ट्रीबारे बताउन चाहेनन्।
स्रोतका अनुसार संक्रमित किशोर गत चैत २३ मै भारतबाट लुकिछिपी बोर्डर पार गरी घर पुगेका थिए। लगत्तै उनलाई क्वारेन्टाइनमा राखिएको थियो। वैशाख ६ मा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना गरियो।
अस्पतालका डाक्टर जामुन सिंहले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर मेसिनबाट उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिए।
रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइसोलेसन वार्डबाट निकालेर गाउँ फर्काइयो। साथै, थप परीक्षणका लागि स्वाब काठमाडौंस्थित टेकू प्रयोगशाला पठाइयो। त्यहाँ स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना तथा नियन्त्रणमा लापरबाही देखिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको सूचनामा जनकपुरका किशोर भनिएको छ। जबकी ति किशोर सर्लाहीका हुन्। यसले मन्त्रालयले दिने कोरोना सम्बन्धी सूचनामाथि समेत प्रश्न उठेको छ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४