जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा
जनकपुरधाम, वैशाख ६ गते ।
जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् । जनकपुरको धाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरबाट प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ की आमुना खातुन र अलिना खातुन छन्। दुबै महिला नन्द र भाउजू हुन् ।
दुबै महिलले शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकको बाटोमा १० रुपैयाँको एकदर्जन बढी नोट फालेर फरार भएकी थिइन् । कोरोना फैलाउन भन्दै ती दुबै महिलाले पैसामा थुक लगाएर बाटोमा फालेको हुन सक्ने आशंका गरिएको थियो ।
प्रहरीले ती नोटहरु संकलन गरी अनुसन्धानको लागि प्रदेशकि अस्पताल जनकपुरमा पठाएको छ । यस्तै प्रहरीले प्रसा फालेर त्रास फैलाउने दुबै महिलाको तस्बीर सीसीटभीबाट पत्ता लगाइ पक्राउ गर्न सार्वजनिक गरेको थियो ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४