विक्रम संवत् २०७७ आजबाट प्रारम्भ
वैशाख १।
विक्रम संवत् २०७७ आजबाट प्रारम्भ भएको छ । नयाँबर्ष २०७७ को पहिलो दिन वैशाख १ गते आज एकआपसमा शुभकामना गरी नयाँबर्षको स्वागत गरिंदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
६० संवत्सरमध्ये विक्रम संबत एक हो । यसैगरी आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।
तराईको बिभिन् ठाउँमा लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ । मेला स्थगित गरिए पनि आज थानहरुमा हुने विशेष पूजा यथावत् रहने जनाइएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



