शनिवारको दिन शनिदेको दिन यी चिज खाँदा शनिदेव रिसाउँछन् !
शनिवारको दिन शनिदेको दिन हो । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्म दर्शनमा व्याख्या गरिएको छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसिउको तेल, कालो तिल आदी चढाइने गरिन्छ |
ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिवार शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । यसका साथै केही चिज पनि छन् जसलाई मुलेरपनि खान मिल्दैन । शनिवार यस्ता चिज खादा नकारातमक प्रभाव पर्न सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
यो दिन तामसि भोजन खान बर्जित छ । जसमा मासु, माछा जस्ता मांसहारी भोजन गर्दा उनीहरुमा शनि ग्रहको नकारात्मक प्रभाव पर्छ । शनि एक क्रुर ग्रह हो र तामसिक भोजन ग्रहको प्रभावलाई भड्काउने काम गर्छ ।
तामसि भोजन जस्तै मदिराको सेवन पनि बर्जित छ । शनिवारको दिन मुसुरोको दालको प्रयोगलाई पनि नराम्रो मानिएको छ । किनकी मुसुरोको दाल रातो रंगको हुन्छ र रातो रंग मंगल ग्रहको प्रतिक हो । शनिवार यसको सेवनबाट मंगल तथा शनिदेवको आपसमा टकराव पर्न जान्छ जसकाकारण मानिसमा नकारात्मक उर्जा प्राप्त हुन्छ ।
शनिवार दुध पनि खान हुँदैन । किनकी दुको सेतो रंग शुक्रवारको प्रतिक हो र शनि एवं शुक्र ग्रह एक अर्काका विरोधी हुन् । शनिवार दुधको सेवनले काम इच्छा जागृत हुन्छ । शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ |
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



