add post
  • Terai Nepal
  • २०७६ चैत्र २८ गते, शुक्रबार ०८:१३ मा प्रकाशित

३ गते पछि सिमित मात्रामा ठाउँहेरी आउँजाउ खोल्न सकिन्छ : मुख्य मन्त्री पोखरेल

३ गतेपछि सिमित मात्रामा ठाउँहेरी आउँजाउ खोल्न सकिन्छ : मुख्य मन्त्री पोखरेल

सप्तरी,चैत २८ गते : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिवार काठमाडौं उपत्यकाबाट अलपत्र परेकाहरुलाई जान दिने निर्णय गरेको प्रति आपत्ति जनाए। तर बिहिवार नै मुख्य मन्त्री लकडाउन बैशाख ३ गते पछी सिमित मात्रामा ठाउँ हेरी आउँजाउ खोल्न सकिन्छ,मुख्य मन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले लेखे, ‘तीन गतेसम्म जो जहाँ छौ त्यही बसौं,समस्या भए वडा कार्यालयमा सम्पर्क गरौं । ३ गतेपछि सिमित मात्रामा ठाउँहेरी आउँजाउ खोल्न सकिन्छ।’

यसअघि मुख्यमन्त्री पोखरेलले , ‘काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउननै हो। बरु बेखर्चीलाई राहत देउ।’ लेखेर बिरोध जनाएका थिए ।