add post
  • Terai Nepal
  • २०७६ चैत्र २५ गते, मंगलवार १२:२७ मा प्रकाशित

सवारी पासका लागि आमाको मृत्यु

झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका–६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्दै  जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३–०८–००५ ख ९१९८ नम्बर बसको पास लिएको खुलेको छ ।

उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।