सप्तरी ४ मा युवा उम्मेदवार सुरेश चौधरी र अरबिन्द्र चौधरीको ९ बुँदे घोषणा पत्र सार्वजनिक
सप्तरी, असोज २७–
पछिल्लो समय पुराना नेताहरुको गतिविधिबाट दिक्क भएका नेपाली मतदाताहरु नयाँ–नयाँ उम्मेदवारको खोजीमा छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै युवा जोश जाँगरसहित नयाँ भिजन लिएर चुनावी मैदानमा होमिएका छन् सप्तरीका युवा सुरेश कुमार चौधरी ।
उनी सप्तरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी सम्भवत देशकै कान्छो उम्मेदवार हुन् । ‘भ्रष्टचारीको पर्दाफास, विकास निर्माणको प्रत्यक्ष निगरानी गर्ने’ नारासहित चौधरीले प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । उनले चुनाव चिन्ह ‘क्यामेरा’ पाएका छन् । सप्तरी ४ को विकासका लागि युवाहरुको आवश्यकता महसुस भएकाले यहाँको विकास निर्माण गर्नकै लागि उम्मेदवारी दिएको चौधरीले बताए । ‘हामी सबै युवाहरु एक हुने बेला आएको छ, भ्रष्टचारीको पर्दाफास र विकास निर्माणमा हाम्रो निगरानी हुनेछ’ चौधरीले भने ‘सप्तरी ४ का सबै मतदाता आमाबुवा दिदीदाजु भाईहरुले यसपाली क्यामेरामा र सप्तरी क्षेत्र नं.४ क प्रदेश सभा उम्मेदवार अरबिन्द्र चौधरी चुनाव चिन्ह ‘बिजुलीको चिम’ भोट दिएर हामीलाई जिताउनुहुनेछ ।’
चौधरीले विभिन्न प्रतिवद्धताहरु व्यक्त गरेका छन् । विकास निर्माणको पहिलो आधार नै सडक संजाल भएकाले पाँच वर्षभित्रमा सबै सडक पीच निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै सडक निर्माण गर्दा धेरैले ढल निर्माण गर्दा सडक नै डुबान हुने अवस्थालाई ख्याल गर्दै अनिवार्य ढल निर्माण कार्यलाई समेत प्राथमिकता दिईएको उम्मेदवार चौधरीले बताए ।
चौधरी थारु कलासँस्कृति जगर्नेमा पनि महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । उनी प्रमुख रहेको जहइन्टरटेनेमन्ट प्रा.लि.ले मिस्टर एण्ड मिस थारु आयोजना गर्दै आइरहेको छ । उम्मेदवार चौधरीले ९ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरि सकेका छन् ।
यस्तै सुरेशसंगै प्रदेश सभा ४ (क) मा अरबिन्द्र चौधरीले पनि उम्मेदवारी दिएका छन् । उनले चुनाव चिन्ह ‘बिजुलीको चिम’ छन् । उम्मेदवार सुरेश र अरबिन्द्र एउटै घोषणा पत्र बनाएर चुनावमा होमिएका हुन् ।
यस्तो छ नौ बुँदे घोषणा पत्र