सप्तरीमा कतिले लिए उम्मेदवारी फिर्ता ?
राजविराज – आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीबाट उम्मेदवार बनेकामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सप्तरीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कुल १८१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये प्रतिनिधि सभा सदस्यतर्फ १ र प्रदेशसभा सदस्यतर्फ ४ गरी ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधि सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्वर ३ का लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद शर्माले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै, प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्वर १ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका कुमरनाथ मिश्र, ३ (क) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका अनिलकुमार गुप्ता, ३ (ख) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका अमरेन्द्र यादव र ४ (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका मोहम्मद गफुरले उम्मेदवारी फिर्ता लिएका हुन् ।
हाल प्रतिनिधि सभा र प्रदेश सभा गरी १७६ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन तालिकाअनुसार आजै विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४