add post
  • Terai Nepal
  • २०७९ श्रावण ३ गते, मंगलवार २२:०१ मा प्रकाशित

खानेपानी मन्त्री निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्र निरीक्षण

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।

धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र को निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माणमा भने समस्या देखिएको छ ।

त्यस अवसरमा मन्त्री चौधरीले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोर पानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निर्क्यौल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिए ।Source: Ratopati