भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो
काठमाण्डाै – भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या तीन करोड २८ हजार सात सय ९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । यस्तै गएको २४ घण्टामा थप १३ सय ५८ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९० हजार नाघेको छ । भारतमा अहिले ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । भारतमा केही समय यता कोरोना संक्रमणको दर घट्दै गएको छ । यस्तै, भारत सरकारले खोप अभियानलाई पनि बढाउँदै लगेको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४