add post
  • Terai Nepal
  • २०७७ कार्तिक २८ गते, शुक्रबार २१:२२ मा प्रकाशित

सुक्राइत बिशेष थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक (भिडियो सहित)

कार्तिक २८ गते। थारु कला केन्द्रको प्रस्तुति रहेको थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक भएको छ। थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासको शब्द रचना रहेको उक्त गित युटुब च्यानल “बगिया इन्टरटेन्मेंट ” मार्फत सार्वजनिक गरेको हो। गित प्रेम प्रसंग, थारु संस्कृति र आउने नयाँ पुस्ताको लागि रुचाउने रहेको अध्यक्ष बिश्वासले बताए।

बिट्स स्टुडियो बिराटनगरमा गरिएको उक्त गितको रेकर्डको बिश्वास सहित प्रकाश माझी, काशिन चौधरी, सुनीरा चौधरी, अनुमा चौधरीले स्वर दिएका छन्। सोउल म्युजिकले छयांकनको जिम्मा लिएको उक्त म्युजिक भिडियो श्रवन चौधरीले खिचेका छन् भने रजनीश चौधरीले कोरियोग्राफी गरेका छन्। भिडियोको मुख्य भूमिकामा बिएन चौधरी, काशिन चौधरी, गौरब चौधरी, रचना हजारी, सोनम चौधरी, मोनिका चौधरी रहेका छन्। रयापर तथा डिजे क्राईसिसना बालकृष्ण थारुको समेत भूमिका रहेको उक्त गितको छायांकन थारु समुदायको बाहुल्यता भएको सुंसरीको पचिरामा गरिएको छ। लाखौँ लगानी गरेर बनाएको उक्त म्युजिक भिडियो थारु समुदायले तिहार कसरि मनाउछन र पौराणिक लोपुन्मुख एतिहासिक सामाग्री समेत देखाउन खोजिएको छ।

तराईसबै