भोली जनकपुर आउँदै ‘नेपाल रेल्वे’, जयनगर आउन केही घण्टा बाँकी
जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे (नेपाल रेल्वे) भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ ।
भारतको बिहार राज्यको हाजीपुर स्टेशनमा तयारी अवस्थामा रहेको नेपाल रेल्वे केही घण्टामै जयनगर पुग्नेछ भने भोली मध्यान्ह १२ बजेभित्रै जनकपुरसम्म आउने योजना रहेको जनाईएको छ । धनुषाको पूर्वी भेक सहित भारतसँगको व्यापारीक दृष्टिकोणले सुलभ र बहुप्रतिक्षित मानिएको नेपाल रेल्वेको प्रतिक्षामा जनकपुरवासी बसेका छन् ।
शुक्रबार नेपाल रेल्वे जनकपुर आउने भएपछि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराई नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाँग जनकपुरमा स्वागत गर्ने भएको छ ।
केही दिन अघि नै गोरखापत्र दैनिकमा रेल्वेको लागि १ सय २९ जना कर्मचारी माग गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुरमा शुक्रबार रेल्वे पूर्ण नआएपनि सबै बोगीहरु आएपछि प्रक्रिया पुरयाएर रेल्वे सेवा सुचारु गरिने बताइएको छ ।
धनुषावासीको लागि लाईफलाईनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे आएपछि अहिलेदेखि नै स्थानीयहरुमा उत्साह छाएको छ । अहिले हाजीपुरको स्टेशनमा स्टैण्डवाय राखिएको रेल्वे राती नेपाल भारतको सीमामै रहेको बिहारको जयनगर रेल्वे स्टेशनमा पार्क गरिनेछ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४