add post
  • Terai Nepal
  • २०७७ भाद्र ८ गते, सोमबार २०:४४ मा प्रकाशित

थारु समुदायको आवाज बुलन्द गर्ने “हम्मन गर्व बा थारु हुइना मा” थारु राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक

लामो समयको पर्खाइ पछि सिङ्गो थारु समुदायको आवाज बुलन्द गर्ने “हम्मन गर्व बा थारु हुइना मा” भन्ने बोलको थारु राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक भएको छ।

थारु समुदायको हकहितका लागि एकजुटभई आवाज बोल्ने सन्देश दिएको उक्त म्युजिक भिडियो श्रीनिवास युटूव च्यानलद्धारा आइतबार सार्वजनिक गरिएको हो । गायक श्रीनिवास चौधरी,गायिका अन्नु चौधरी,गणेश चौधरी,समिक्षा चौधरी,रोशन रत्गैया,आर सि चौधरी,राज कुश्मि,अन्जु कुश्मि,सोनु कुश्मि,अनुमा चौधरी लगायत दर्जनौ कलाकारको सुमधुर आवाजमा सजिएको सो गीतले २०७२ सालमा टिकापुरमा भएकोे घटनालाई स्मरण गर्दै उक्त गीता निर्माण गरिएको गायक श्रीनिवासले बताएका छन्।

Shree Niwas Tharu
Shree Niwas Tharu

“हम्मन गर्व बा थारु हुइना मा” बोलको गीतमा छविलाल कोपिला, आरसु दिनेश महतो र विनोद चौधरीले शब्द संगित गरेका छन् । गणेश चौधरीले एरेन्जिङ (ब्यवस्थापन) गरेको गित ड्रिमस रेकडिङ स्टुडियो काठमाण्डौँमा रेकडिङ गरिएको हो।

यसैगरी सो म्युजिक भिडियोमा सुधराम दहितको निर्देशन रहेको छ भने महेश कुमार(छल्लु दादा) ले छायाँकन गरेका छन् । खड्क, सपना, संगत, सामु, वीर, ममता, देवदास, सुनिता, विवश, महिमा, चन्द्र, अनुराधा, मनोज, प्रमिला, राकेश, सुमित्र, हरिष, श्रीदेवी, सोनु र कमेडीयन सत्यनरायण फटेरा लगायतको दर्जनबढी कलाकार , साहित्यकार , नेताहरुलाई भिडियो भित्र देख्न सकिन्छ।

विशेष गरि “हम्मन गर्व बा थारु हुइना मा” बोलको म्युजिक भिडियोबाट जातियताको हिसाबले टिकापुर घटनालाई स्मरण लगायत थारु समुदायलाई सरकार पक्षबाट गरिएको दमनको विरुद्दमा थारु जातिलाई गरेको शोषणको ज्यादती भएको व्यावहारलाई चिर्नको लागि थारु समुदायलाई जागृत गराउने उद्देश्यले उक्त गीत उत्पादन गरिएको वरिष्ठ-गायक श्रीनिवास चौधरीले बताए।

सो गीत मार्फत नेपालको तराईमा पर्ने जिल्लाहरु पुर्व झापादेखी पश्चिम कैलाली कन्चनपुर सम्म फैलिएर नेपाल अधिराज्यभरी बसोबास रहेका सम्पूर्ण थारु सामुदायलाई एकताको सुत्रमा बाध्दै होनहार नेता माननिय साँसद रेशम चौधरी लगायत अन्य जेलबन्दी थारुहरुलाई रिहा ( जेल मुक्त ) गराउनका लागि सरकारलाई दबाब स्वरुप यो गीत उत्पादन गरिएको निर्माण पक्षले दावी गरेको छ।

उक्त म्युजिक भिडियो थारु फुड ल्याण्ड जोशिपुर, टिकापुर पार्क, ठाकुरद्धारा बर्दिया र धनगढी लगायतका नेपालको विभिन्न रमणीय स्थानमा सुटिङ गरिएको भिडियोमा हेरेर मनोरञ्जन लिन सकिने जिकिर गर्नुका साथै कोभिड–१९ अर्थात् कोरोनाबाट सजग रहन कलाकार पक्षले आग्रह समेत कालाकारहरुले गरेका छन्।

 

तराईसबै