थप ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६
७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।
कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



