add post
  • Terai Nepal
  • २०७७ भाद्र ५ गते, शुक्रबार १६:३२ मा प्रकाशित

८३८ नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या ३० हजार नाघ्याे

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ८३८ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।