add post
  • Terai Nepal
  • २०७७ श्रावण २१ गते, बुधबार १६:४० मा प्रकाशित

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ — ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे  ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो । सानो म्याग्नीच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रकी प्रमुख मोनिका झाले कान्तिपुरलाई बताइन् ।