add post
  • Terai Nepal
  • २०७७ श्रावण २१ गते, बुधबार १६:३१ मा प्रकाशित

थप ३८१ जनामा कोरोना संक्रमण

२१ साउन, काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।