add post
  • Terai Nepal
  • २०७७ श्रावण १५ गते, बिहीबार १६:५० मा प्रकाशित

थप २७४ जनामा कोरोना पुष्टि : २२७ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई सय २७ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार दुई सय ४८ पुगेको छ ।

Registration Open for Mr. & Miss Tharu 2020