add post
  • Terai Nepal
  • २०७७ श्रावण ९ गते, शुक्रबार २०:०३ मा प्रकाशित

वीरगँजमा पनि अनिश्चिकाको लागि कर्फ्यू , के-के खुल्ने ?

वीरगँज । देशको आर्थिक नगरी मानिएको वीरगँजमा पनि अनिश्चिकालको लागि कर्फ्यू जारी गरिने भएको छ । भोली (शनिबार) देखि नै अर्को आदेश नभएसम्मको लागि कर्फ्यू लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रदेश नं. २ को पर्सामा कोरोना सँक्रमितको सँख्या बढदै गएको तथा समुदायस्तरमा समेत सँक्रमण फैलिएको निष्कर्ष सहित सँक्रमण फैलिनबाट रोक्न अनिश्चितकालिन कर्फ्यू लगाउने निर्णय गरेको हो ।

यसअघि प्रदेश नं. २ कै सप्तरी जिल्ला प्रशासनले राजविराज अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले शुक्रबार (आज) राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ । संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने । उद्योग प्रतिष्ठानलाई सिल गर्ने र उनीहरुलाई त्यहीँ आइसोलेटेड समेत निर्णय गरिएको हो । त्यसके लागि भने निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने निर्णय पनि गरिएको छ ।

यी क्षेत्रहरु खुल्नेछन्

शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।

यी क्षेत्रहरु बन्द रहनेछन्

अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द हुनेछन् । सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहनेछन् । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाउने निर्णय भएको छ ।

सरकारले लकडाउन खोलेको घोषणा गरेपनि सँक्रमितको आधारमा सम्बन्धित क्षेत्रलाई लक गर्ने पनि सरकारले घोषणा गरिसकेको छ ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै