add post
  • Terai Nepal
  • २०७७ श्रावण ७ गते, बुधबार २०:१९ मा प्रकाशित

भोलीदेखि राजविराजमा कर्फ्यू !

उक्त आदेशको उल्लंघन गर्ने ब्यक्तिलाई कानून बमोजिम कारबाही समेत गरिने उल्लेख गरिएको छ ।

राजविराज । सरकारले लकडाउन खोलेपछि सप्तरीको राजविराजमा कर्फ्यू लगाउने निर्णय गरेको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा भोलीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।

जिल्ल प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै भोली (विहिबार) विहान ५ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाउने निर्णय गरेको हो । सरकारले लकडाउन खोलेपनि सप्तरी प्रशासनले राजविराजमा भेटाएको कोरोना सँक्रमितपछि भाइरस फैलिन नदिनको लागि अर्को आदेश नआएसम्म विहिबार साउन ८ गतेदेखि निरन्तर रुपमा कर्फ्यू को घोषणा गरिएको हो ।

संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन तथा यसबाट प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन वा गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेक अन्य सबै सेवाहरु समेत बन्द गर्न निर्देशन दिइएको हो ।

औषधि पसल, खाद्यान्न फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरू मात्र सुचारु हुने जनाइएको छ ।

यष्स बाहेकका अन्य सेवा तथा स्थलहरू अनावश्यक आवत जावत, हिँडडुल मिति विहिबार विहान देखि अर्थात साउन ८ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी नगर्न नगराउन निर्देशन दिएको हो ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकबाट सो निर्णय गरिएको हो । यसका साथै, निषेधाज्ञा जारी समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त आदेशको उल्लंघन गर्ने ब्यक्तिलाई कानून बमोजिम कारबाही समेत गरिने उल्लेख गरिएको छ ।