सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च
सुनसरी / पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा साेमबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो । कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ४६ वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४