मधेसी समुदायमा घृणा फैल्याएको भन्दै सन्दीप क्षत्रीविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं : सार्वजनिक शान्ति खलल पारेको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ। गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको भन्दै छिपहरमाई-५ घर भएका अशोक कुमार कुशवाहाले क्षेत्रीविरुद्ध उजुरी दर्ता गराएका हुन्।
मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको भन्दै चौतर्फी विरोध भएको छ।
मधेसी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाएको भन्दै क्षेत्रीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिम ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्मको कारबाहीका लागि मुद्धा दर्ता भएको हो।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि