add post
  • Terai Nepal
  • २०७७ असार २४ गते, बुधबार १८:४० मा प्रकाशित

वीरगञ्जमा आइसियु कक्षमै महिलामाथि दुर्व्यवहार, दुई स्वास्थ्यकर्मी पक्राउ

वीरगञ्ज : वीरगञ्जको अली अर्को एण्ड ट्रमा हास्पिटलमा उपचारर्थ महिलामाथि दुर्व्यवहार भएको छ। हस्पीटलमा उपचार गराउन आएकी एक महिलामाथि स्वास्थ्यकर्मीबाटै दुर्वयवहार भएको घटना बाहिर आएको छ।

हास्पिटलको आइसियु कक्षमा उपचारका लागि भर्नारत वीरगञ्ज महानगर- ३१ वेल्वा ईस्लामपुर टोलकी २१ वर्षीय महिलामाथि आइसियु कक्षमै खटिएका स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मंगलबार राती उपचाररत महिलामाथि तीन/चार जनाको समूहमा रहेका स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको पीडित महिलाका आफन्तको आरोप छ। राती खाना खुवाउन जान खोज्दा आफूलाई आइसियु कक्षमा प्रवेश गर्न नदिएको आफन्तको आरोप छ।

विर्ताका प्रहरीले घटना बारे महिलासँग प्रारम्भीक जानकारी लिएर आरोपित दुई स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पर्नेरुका अनुसार स्वास्थ्यकर्मी एहसान हुसैन र सुल्तान मियाँलाई नियन्त्रणमा लिइएको छ।

मंगलबार राती आइसियु कक्षमा खटिएका अन्य दुईजना स्वास्थ्यकर्मीलाई पनि उपस्थित गराउन प्रहरीले अस्पताल प्रशासनलाई निर्देशन दिइसकेको छ।