सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित
काठमाडौं, २३ असार । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो ।
योसँगै, गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।
पार्टी ह्वीपनै उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले गिरीलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो ।
समाजवादी पार्टीका अनुसार संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी गिरीलाई निस्कासन गरिएको हो । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।
तर, संसदमा बोल्न नदिएको भन्दै गिरी बैठक चलिरहेकै समयमा बाहिरिएर देश र पार्टी विरोधी अभिव्यक्तिहरु दिएकी थिइन् ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४