आजदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै
३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो ।
संकेत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्मको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ ।
नोटको पृष्ठ भागको मध्यमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नोटमा तत्कालिन गर्भनर डा चिरञ्जीवि नेपालको दस्तखत रहेको छ । नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कार्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि