राजविराजमा पोखरीमा डुबेर बालकको मृत्यु
सप्तरी: सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए ।
उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४