सप्तरीमा रोलरले पर्खाल भत्काउँदा लागेर बालकको मृत्यु
राजविराज । सप्तरीको खडक नगरपालिका–१ भण्डारी टोलमा बिहीबार बिहान सडक निमार्ण गर्ने क्रममा पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ । सडकमा रोलर चलाएपछि पर्खाल भत्किएर नोखो मण्डलका ८ वर्षीय छोरा उमेश मण्डलको मृत्युु भएको हो।
घटना पश्चात आक्रोशित स्थानीयहरुले सडकमै शव राखेर प्रदर्शन थालेका छन् । जनप्रतिनिधिहरुको असार महिनामा काम गर्ने शैलीका कारण बालकको मृत्युु भएकोले वडाध्यक्ष सिंघेश्वर मण्डलसहित उपभोक्ता समितिलाई कारबाही हुनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै स्थानीयहरुले प्रदर्शन थालेका हुन्।
उनीहरुले माग सम्बोधन नभएसम्म सडकबाट शव नउठाउने अडान लिएका छन् । घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज रामराजा केशरीले आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । नगरपालिकाका मेयर हेमायु हकले घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।
source: janatajagran
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४