add post
  • Terai Nepal
  • २०७७ असार १३ गते, शनिबार १२:४३ मा प्रकाशित

नेपालमा पनि भित्रियो सलह किरा

१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।

सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

तराईसबै