नेपालमा थप ४३४ जनामा कोरोना, संक्रमितको संख्या १११६२ पुग्यो, २ जनाको मृत्यु
काठमाडौँ । नेपालमा २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत २ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा २६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । त्यस्तै, २ हजार ६ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



