add post
  • Terai Nepal
  • २०७७ असार १० गते, बुधबार १९:२० मा प्रकाशित

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितकाे सं‌ख्या १० हजार ७ सय २८ पुग्याे

काठमाडौं / नेपालमा आज ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप ११४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।