सप्तरीमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि
सप्तरीमा सोमबार थप १३ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १७३ पुगेको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई, बलानबिहुल गाउँपालिकामा चार, राजगढ गाउँपालिकामा पाँच र राजविराज नगरपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । हनुमाननगर कङ्कालिनीका दुई जना सङ्क्रमितहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र अन्य ११ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४