add post
  • Terai Nepal
  • २०७७ असार ७ गते, आईतवार २०:१७ मा प्रकाशित

युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण

हामीले नगरे कसले गर्ने, अहिले नगरे कैले गर्ने ? भन्दै युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण गरेका छन् ।

सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ
। पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ ।

देश बिदेशमा छरिएर रहेका नेपालीहरुको फेसबुक समुहको रुपमा रहेको ब्रोदरर्स फरम डीफीरेन्ट मँदर ,हेल्पीङ हयाण्डस र हन्डरेड ग्रुप्सको सहयोगमा शैक्षीक समाग्री उपलब्ध गराइएको भोला चौधरीले जानकारी दिनु भयो ।

बिभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको समुहले आज श्री नेपाल राष्ट्रिय प्रथामिक बिद्यालय सोनवर्षाका ७५ जना छात्र छात्रालाई तीन महिना सम्म पुग्ने शैक्षीक समाग्री र झोला वितरण गरेको छ । शैक्षीक समाग्रीमा कापी कलम इरेजर मास्क र झोला रहेको चौधरीले बताउनु भयो ।

सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले छात्र छात्रालाई शैक्षीक समाग्री बितरण गर्नु भएको थियो । निशुल्क शिक्षा अभियानलाई सफल बनाउन यस्तो सहयोग गरिएको निरजजंग थापाले बताउनु भयो ।
अरु बेलामा पनि सकेको सहयोग गर्दै आएका थियौ यो महामारीको बेलामा पनि थोरै भएपनि सहयोग उपलब्ध गराउन पाउदा खुशी लागेको थापाले बताउनु भयो ।

काम ठेलो त होइन तर अभियानका माध्यमले साना साना काम गर्दा पनि त्यसले सन्तोष दिने अभियानमा संलग्न युवाहरुको राय रहेको छ । कार्यक्रममा बिश्व सुवेदी,रुपेश खडका बिनय गिरी अनिश डाँगी लगायतको सहभागिता रहेको थियो ।

Registration Open for Mr. & Miss Tharu 2020