बर्दिया: गेरुवा गाउँपालिकाका वडाध्यक्ष चौधरीको निधन
बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्षको निधन भएको छ । गेरुवा गाउँपालिका नौरा निवासी ४४ वर्षीय टेकबहादुर चौधरीको उच्च रक्तचापका कारण निधन भएको हो ।
बुधबार बिहान एक्कासी बिरामी परेपछि चौधरीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए । चौधरीको असामायिक निधनले गेरुवा गाउँपालिका स्तब्ध बनेको छ । वडाध्यक्षको शव गेरुवास्थित घर पुर्याइएको र बिहीबार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



