पार्किङ गरेको बसभित्र मध्यरातमा युवायुवती..

धनगढी | पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो।
धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । ‘बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले भने
प्रहरीका अनुसार पक्राउ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरीलाई बयान दिएका छन् । प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए। Source:annapurnapost
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



