आजदेखि लहानमा लकडाउन कडा
प्रहरीले लकडाउनलाई थप कडा बनाउँदै लौजाने भएको छ । गृहमन्त्रालयको निर्देशन सँगै प्रहरीले लकडाउनलाई कडा बनाउँदै लौजाने भएको हो । पास बाहेकका सवारी साधन सडकमा कुदाउन नदिने लहान प्रहरीले बताएको छ ।
लकडाउनको बेला नियम उल्लंघन गर्नेहरुलाई कार्वाही गरिने ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले बताए । हामी लकडाउनलाई पूर्ण पालना गराउने लागि परेका छौ थापाले भने । अहिले सडकमा र फुटपाथमा हिड्नेहरुलाई समेत नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय मातहतका लहान लगायतका सहरहरुमा समेत कडाई गर्दै जाने ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ । तत्काल औषधी पसल बाहेक अत्यावश्यक पसलहरु समेत खोल्न नदिने प्रहरीले जनाएको छ । लकडाउनलाई पूर्ण पालना गर्ने पनि प्रहरीले सर्वसाधरणहरुलाई आग्रह गरेको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४