चिउरा–भूजा मागेर खादै , भोकले मरिने डर
राजविराज, ३ वैशाख ।
सप्तरीको विष्णुपुर गाउपालिका ६ सुभकलाल सदा कामकाज छोडेर घरमा बस्न बाध्य छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सदा लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् ।
काम गर्ने उद्योग बन्द भएपछि सदाको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा गर्दै आएका सदालाई अहिले बालबच्चा र वृद्ध बुबालाई खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ ।घरमा थोरै जोहो गरेर राखेको चामल दाल सके पछि थप चिन्तित बनेका छन् । विगत एक सातादेखि छिमेकीहरुसँग चिउरा–भूजा मागेर आफु तथा बालबच्चाहरुको दिन कटाउँदै आएको उनको दुःखेसो छ ।
घरका खानेकुराहरु सकिएको र बजारबाट किनेर ल्याउन पैसा नभएको विष्णुपुर गाउपलिक ६ का बालसुधी सदा बताए ।
’गाउँपालिकाबाट अहिलेसम्म मास्क र साबुन मात्र पाएका छौं । राहत अहिलेसम्म पाएका छैनौं । काम बन्द भएपछि परिवार पाल्ने चिन्ता लाग्न थालेको छ’, उनी भन्छन् , ’एकबोरा चालम किन्न १५ सय रुपैयाँ चाहिन्छ । आफूसंग त्यो पनि छैन।’कहिँ कतैबाट सहयोग भएमात्र अब परिवारको गुजारा हुने गोपाल सदा बताए । सप्तरीमा मुसहर जातिमध्ये २३ दशमलव ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेकाले अधिकांशले ज्याला मजदुरी गरेरै गरिबी र अभावग्रस्त रुपमा परिवार चलाउँदै आएका मुसहर समूदायको जनजीवन अति नै कष्टकर बनेको छ ।
यद्यपी, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका छन ।
साभार: जनता जागरण
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४