अभिनेता सरोज खनाल परिवारलाई भेट्न अमेरिका उडेका छन्
कोरोना भाइरस (कोभिड १९) ले विश्वभर आतंक मच्चाइरहँदा अभिनेता सरोज खनाल भने परिवारलाई भेट्नको लागि अमेरिका उडेका छन् । अमेरिकाले आइतबार आफ्ना ३०३ नागरिकलाई अमेरिका फर्काउने क्रममा खनाल पनि अमेरिका गएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा पनि त्यसको संक्रमण पुष्टि भएका बेला अमेरिका लगायत फ्रान्स, जर्मनीले पनि नेपालबाट आफ्ना नागरिकहरु फिर्ता लगिरहेका छन् ।
केहि अघि मेरोफिल्म संगको कुराकानीमा खनालले आफु लकडाउन अवधिभर नेपालमै बस्ने बताएका थिए । नेपालमै लकडाउनमा बस्दा उनले भिडियो मार्फत कविता वाचन गर्ने, सामाजिक संदेशहरु दिने, ब्यायाम गर्ने गरिरहेका थिए । त्यस्तै उनि केहि फिल्महरुको स्क्रिप्ट पनि पढिरहेका थिए । कोरोनाको कारण छायांकनमा रहेका उनका तिन वटा फिल्महरु प्रभावित भएका थिए ।
अमेरिका जाने प्लान गर्दा गर्दै लकडाउन शुरु भएर उनि यतै अड्किएका थिए । उनले भनेका थिए ‘म त बाठो भएर अमेरिका अप-डाउनकै टिकट बुक गरेको थिएँ, नातिको पास्नीको लागि । क्यान्सिल भयो । ‘
उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । उनी पनि लामो अमेरिका बसाई पछि नेपाल फर्किएर अभिनय सँगसँगै व्यापार पनि सम्हालिरहेका छन् । लकडाउनले उनको पोल्ट्रीफार्म ब्यबसायलाई पनि असर गरेको छ । उनी भन्छन्, ‘लकडाउनले मेरो व्यापार पनि चौपट छ। सब मार्केट बन्द छ के गर्नु । अब खाद्यान्न कहीं दिनु पर्यो भने अण्डा सप्लाई गर्ने गरेको छु ।’
रंगमंचबाट अभिनय यात्रा थालेका खनालले ‘विजय पराजय’, ‘चोट’, ‘अरुणिमा’, ‘चोखो माया’, ‘प्रेम पिण्ड’, ‘गोठालो’, ‘चुनौती’, ‘पंचायत’ लगायत दर्जनौ फिल्महरुमा अभिनय गरेका छन् ।
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि