add post
  • Terai Nepal
  • २०७९ कार्तिक २३ गते, बुधबार ०८:०४ मा प्रकाशित

सप्तरी ४ का युवा उम्मेदवार सुरेश बने युवाहरुको ढुकढुकी

सप्तरी, कात्तिक २०– यतिबेला निर्वाचनको माहोल तात्दै गइरहेको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । सप्तरी क्षेत्र नं.४ मा यसपटक स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीले माहोल बनाउँदै लगेका छन् । ‘क्यामेरा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका चौधरीले आफ्नो माहोल बनाउँदै लगेका हुन् । विशेषगरि उनी युवाहरुको ढुकढुकी समेत बनेका छन् । उनी घरदैलो अभियानलाई तिव्रता दिँदै जनताको मन तानिरहेका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेकाले पनि सुरेशलाई सप्तरीमा सहज बन्दै गइरहेको छ ।

युवाहरुको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका चौधरी स्थानीयबासीहरुबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘जनताको घरदैलोमा जाँदा राजनीतिक दलहरुबाट धेरै नै निराशा पाए, यसपटक मतदाताहरुमा युवा उम्मेदवार नै रोजाईमा परेको देख्छु’–चौधरीले भने । उनले विगतमा जितेर गएका जनप्रतिनिधिले यस क्षेत्रको विकास गर्न नसकेकाले नै जनताले नयाँ उम्मेदवार खोजीरहेको बताए । उनले स्थानीयस्तरको विकास निर्माणलाई प्राथमिकता दिँदै संसदमा यस क्षेत्रको आवाजलाई बुलन्द पार्ने प्रतिवद्धता जनाएका छन् । ‘चुनाव जितेर गएपछि नेताहरु गाउँ नफर्किने जनताको गुनासो देखिन्छ, गाउँका विकास भएन भन्ने धेरै गुनासो सुनियो, यी सबै गुनासो सम्बोधन गर्न म अगाडि सरेको हुँ’–उम्मेदवार चौधरी भन्छन् ।