add post
  • Terai Nepal
  • २०७९ असार ८ गते, बुधबार २२:२२ मा प्रकाशित

दुखी जनावरहरुको सेवा गर्दै बर्दियाका तुला राजवंशी

हामी प्रायः बेवारिसे कुकुर अथवा कुनै जनावर हाम्रो नजिक आउन खोज्दा धपाउने गर्छौं। हप्काउंछौं , छि:छि: दुरदुर गर्छौं। तर तुला राजवंशी दिनरात गरिब दुखी जनावरहरुको सेवामा व्यस्त हुन्छन्।

बर्दिया नगरपालिका वडा नम्बर २ घर भएका २३ बर्षिय तुला राजवंशी हाल एकान्तकुना ललितपुरमा बस्छन। बिरामी, घाउ भएको, चोटपटक लागेको जीवजनावरहरुको सेवा गर्दै गरेको तस्वीर सचेतनाको लागि सामाजिक संजालहरुमा शेर गरिरहन्छन। यसो त उनि पशु प्रविधिका बिद्यार्थी हुन। समाजशास्त्रमा डिप्लोमा गरेका राजवंशी पशुहरुकै सेवाको लागि पशु चिकित्सा पढ्न रुचि राखे। तुला चार बर्ष पहिलेदेखि दुखी जनावरहरुको सेवा गर्दै आइरहेका छन। पढेर हिड्दा बाटोमा एकातिर कुकुरको बिजोग भने अर्कोतिर गाइगोरु। उनि ति जनावरुलाई कहिले औसधि लाइदिन्थे त कहिले पशु आश्रमलाई खबर गर्थे। पछि उनी “लेट्स केयर नेपाल” नामक संस्था दर्ता गरे।

मानिसहरु उनलाई बिदेशी डलर खानलाई काम गरेको आरोप लगाउछन। कोहि भने मान्छेले उपचार गर्न पाछैन जनावरहरुलाई के उपचार गर्नु भनेर कुरा लाउंछन। दुखी कुकुरहरुको बारेमा बुझ्न खोज्दा गाली गर्छन, घिन मान्छन। कोइ मानिसहरु भने निकै दयालु र सहयोगी पनि हुन्छन। बाटोमा कसैले दुखी जनावर देख्यो भने उनलाई फोन आउछ। सहयोगी व्यक्तिहरुको पहलमा उनि विभिन्न स्थानमा निसुल्क पशु स्वास्थ्य शिविर संचालन गर्दै आएका छन। जनावरहरुको पनि मन हुन्छ। उसले पनि आफ्नो कला प्रस्तुत गर्न सक्छ। दया, माया, दुख, पिडा,आशु सबै पोख्छ। मात्र मानिस सरह कुरा गर्न सक्दैन।

निकै मिलनसार , दयालु र सहयोगी स्वाभाव भएका तुला राजवंशी जीवजनावर मात्र नभएर धेरै मानिसहरूको सेवा तथा उद्धार पनि गरिसके। उनका अनुसार जनावरहरुको कुनै कुनै उपचार महङ्गो पर्न जान्छ रगत जाच , एक्सरे, सर्जरी गर्न धेरै पैसा खर्च हुन्छ। कहिलेकाही उनी संग पैसा नहुंदा १००-२०० सहयोग मागेर उपचार गर्छन। सरकारले ठाउँठाउँमा पशु सेवा राखेपनि त्यहाँ बिशेशगरि घरपालुवा तथा सिमित पशुपन्छीहरु मात्र लाभ लिइरहेका हुन्छन। तुलाका अनुसार दुखी तथा बेवारिसे जनावरहरुको लागि सम्पुर्ण औषधि उपचार सरकारले निशुल्क गरिदिए धेरै राम्रो हुनेथियो।