add post
  • Terai Nepal
  • २०७७ असार ३० गते, मंगलवार १७:१४ मा प्रकाशित

मेलम्ची खानेपानी सुरुङ परिक्षणको ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते

मेलम्ची। मेलम्चीमा मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुटेको छ। गेट फुटेपछि पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए।

त्यस्तै कन्सल्टयान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खनालले घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिए।

घाइते लाई हेलिकप्टर मार्फत काठमान्डौ लाने तयारी भैरहेको तामङ्ले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।। गेट फुटेपनि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।थप बिवरण आउन बाँकी छ। मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ।