सप्तरीमा खाँडो खोलामा आएको बाढीले ५० भन्दा बढी घर डुबानमा
सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलमा खाँडो खोलामा आएको बाढीले झन्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।
सोमबार बिहान आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा पारेको हो ।
यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडक खण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको छ ।
भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीहरूको लाखौँको धनमाल क्षति भएको छ ।
source: janatajagran
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४