करोडौं सहयोग गर्दै कलाकार
मुम्बई : विश्वमा महामारीका रूपमा तीव्र रूपले फैलिइरहेको कोरोना भाइरसविरुद्ध अहिले सिंगो विश्व आतंकित छ। संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। भारतमा पनि अहिले दिनहुँजसो कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दो छ। भारत सरकारले यसविरुद्ध लड्न देशभर १५ अप्रिलसम्म लकडाउन घोषणा गरेको छ। सरकारले नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन्।
कोरोना भाइरसविरुद्ध लड्न भारतमा प्रधानमन्त्री केन्द्रीय राहत कोष स्थापना गरिएको छ। त्यहाँ स्वतन्त्र रूपमा जोसुकैले राहत रकम जम्मा गर्न सक्छन्।
भारतका विभिन्न राज्यमा पनि कोष स्थापना भएको छ। कोरोना भाइरसको प्रत्यक्ष असर भारतको फिल्म उद्योगमा पनि परेको छ। कोभिड १९ विरुद्ध लड्न यतिखेर भारतीय फिल्मकर्मीले पनि सहयोग घोषणा गर्न थालेका छन्। भारतीय सिनेकर्मीले करोडौं रकम राहत कोषसहित दैनिक ज्यालादारी गर्ने मजदुरका लागि सहयोग दिन थालेका छन्।
बलिउड अभिनेता अक्षयकुमारले ठुलो रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन ्। उनले मानिसको ज्यानभन्दा ठुलो अरू केही नरहेको भन्दै उक्त राहत कोषमा २५ करोड भारु सहयोग गरेका छन। ‘अहिले यस्तो समय आएको छ, सबैभन्दा ठुलो मानिसको जीवन हो’, उनले भनेका छन्, ‘यस्तोमा म मेरो बचतबाट २५ करोड रुपैयाँ सहयोग गर्दैछु।’
बाहुबली स्टार प्रभासले प्रधानमन्त्री राहत कोषमा तीन करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन। उनले आन्ध्र प्रदेश र तेलंगना राज्यको मुख्यमन्त्री राहत कोषमा ५०/५० लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।
अभिनेता महेश बाबुले एक करोड रुपैयाँ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। अर्को अभिनेता पवन कल्याणले पनि राहत कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले आन्ध्रप्रेदश र तेलंगना राज्यको कोषमा पनि सहयोग गर्ने भनेका छन्। उनबाट प्रभावित हुँदै राम चरणले पनि आन्ध्र प्रदेश र तेलंगना राज्यका लागि ७० लाख रूपैयाँ दिने घोषणा गरे।
भारतीय चर्चित रियालिटी सोका प्रस्तोता कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ्। उनले अहिलेको समय भनेको चाहिएको व्यक्तिसँग एकसाथ बस्ने हो भन्दै सबैलाई सुरक्षित रूपमा घरमै बस्न भनेका छन्। मेगास्टार चिरञ्जीवीले दैनिक ज्यालादारी मजदुर तथा तल्लो तेलगु फिल्म उद्योगमा कम आय भएका समूहका लागि भनेर एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।
नीतिनले तेलगु मुख्यमन्त्री राहत कोषमा १० लाख रुपैयाँ प्रदान गरेका छन्। साउथ सुपर स्टार रजनीकान्तले दैनिक ज्यालादारी मजदुरका लागि भनेर ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
बलिउड अभिनेता ऋतिक रोशनले एन ९५ र एफएफपी तीन मास्क खरिद गरेका छन्। उनले हाम्रो सहर र समाजका आधारभूत हेरचाहकर्ता र बीएमसी कामदारका लागि आफूले मास्क खरिद गरेको बताएका छन्।
यस्तै फिल्मकर्मीहरू एकता कपुर, कियारा आडवाणी, भूमि पेडनेकर, सिद्धार्थ मल्होत्रा, करण जौहर, नितेश तिवारी, आनन्द एल राई, आयुष्मान खुराना, तापसी पन्नु, सोनम कपुर, दिया मिर्जालगायतले दैनिक ज्यालामा जीविकोपार्जन गर्नेहरूलाई सहयोग गर्ने बताइसकेका छन्। भारतीय कलाकारले कोभिड १९ को यो संकटबाट लड्न सबैलाई सहयोग गर्न आह्वान पनि गरिरहेका छन्।
कलाकार संघद्वारा एक लाख सहयोग
काठमाडौं : कोरोनाविरुद्ध लड्न नेपाल चलचित्र कलाकार संघले एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले एक लाख एक हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए।
नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले उक्त रकम सहयोग गर्ने निर्णय भएको निरौलाले जानकारी गराए।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४