add post
  • Terai Nepal
  • २०७७ असार २७ गते, शनिबार १६:२६ मा प्रकाशित

श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन

असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको वरिपरि ३१ वटा असोक रुख रोपेका छन् । भने बिगत एक बर्ष गरेका कार्य र यो बर्ष गर्ने कार्य योजना विवरण अध्यक्ष त्रिभुवन चौधरीले दिएका थिए साथे क्लबको प्रथम बार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष चौधरीका अनुसारअब आउने दिनमा गाउँ विकास, हक अधिकार, सांकृतिक संरक्षन, शिक्षा, कला संरक्षन साथै सीपमुलक कार्यक्रम गरि हाम्रो गाउँ लाई राम्रो गाउँ बनाउने उदेश्य रहेको छन् । श्री डिहबारबाबा सामुदायिक युवा क्लबले खडक नगरपालिका-८ बिसनपुरमा जितिया महोत्सव गरेका थिए।

Registration Open for Mr. & Miss Tharu 2020